मोटरसाईकल दुर्घटनामा तुम्बाहाम्फेको ज्यान गयो
![](http://2.bp.blogspot.com/-Ymnw-e14YxY/UYBYm6kpXvI/AAAAAAAABv0/qc63h3dq7lk/s1600/adbar.png%22)
ताप्लेजुङ : ताप्लेजुङको फुङ्लिङबाट पाँचथरको फिदिम जाँदै गरेको मोटरसाईकल बिहीबार साँझ दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ ।मेची राजमार्गअन्तर्गत ताप्लेजुङको नाङखोल्याङस्थित मेवाखामा को १० प ३७८९ नम्वरको मोटरसाईकल सडकबाट करिब दुई सय मिटर तल खस्दा मोटरसाईकल चालक पाँचथर फिदिमका विक्रम तुम्बाहाम्फेको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ताप्लेजुङ प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । मोटरसाईल पछाडि सवार ताप्लेजुङका सुरेन्द्र निरौला भने हाम फालेर बाँच्न सफल भएका छन् । तीब्र गतिमा गुडाइएकाले दुर्घटनाको भएको हुनसक्ने प्रहरीले जनाएको छ । तुम्बाहाम्फेको शव सडकबाट एक सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
![](http://2.bp.blogspot.com/-Ymnw-e14YxY/UYBYm6kpXvI/AAAAAAAABv0/qc63h3dq7lk/s1600/adbar.png%22)