गान्धी परिवार संकटमा





काठमाडौं,कात्तिक १४ – सन् १९८४ को अक्टोबर ३१ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई जब उनकै अंगरक्षकले गोली हानी हत्या गरे,त्यतिबेला गान्धीबंशको निरन्तरताको लागि छोरा राजिब गान्धीलाई प्रधानमन्त्री बनाइयो । भारतमा गान्धी परिवारलाई राजनीतिक बंशजका रुपमा पनि लिइन्छ । वंशजको विरासत धान्न छोरा राजिब गान्धीलाई प्रधानमन्त्रीका रुपमा आसीन गराइएको थियो । तर भारतीय राजनीतिमा एक बलियो उम्मेद्वार (आइरन लेडी)का रुपमा रहेकी पूर्वप्रधानमन्त्री गान्धीको हत्याको तीस वर्ष पुग्दा भने यो राजनीतिक वंशजलाई यतिखेर निकै अप्ठेरो परिरहेको छ । राजनीतिक वंशजले नेतृत्व गरिरहेको भारतीय कांग्रेस पार्टी यतिखेर सत्तामा छैन । 

सत्तामा नभएको मात्र होइन,यतिखेर उक्त दल निकै कमजोर प्रतिपक्ष दलको रुपमा उभिएको छ । उक्त राजनीतिक वंशजका एक कनिष्ठ सदस्य राहुल गान्धी (इन्दिरा गान्धीका नाति र पूर्वप्रधानमन्त्री राजिब गान्धीका छोरा) यतिखेर पार्टी नेतृत्वमा आइपुगेका छन् । तर संसद्मा झिनो मतका आधारमा विपक्षको भूमिका निर्वाह गरिरहेका छन् । गएको मेमा भएको आम निर्वाचनमा त्यहाँको विपक्षी दल भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएको छ भने सत्तारुढ दल कांग्रेस विपक्षमा उभिएको छ । कांग्रेस दुई दशक लामो शासनपछि सानो आकारको विपक्षी दलका रुपमा पछिल्लो समय देखिएको छ । भारतमा कंग्रेसका बारेमा कैयौं पुस्तक लेखेका एक बुद्धिजीवी रसिद किदवायी भन्छन्,‘इन्दिरा गान्धी वास्तमा भारतमा कंग्रेसलाई व्यापकता दिने नेतृ थिइन् । तर अहिले सो कुराको खाँचो उक्त पार्टीभित्र महसुस भइरहेको छ ।’स्वतन्त्र भएको ६७ वर्षमा कंग्रेसले कम्तीमा पनि ५० वर्ष शासन गरेको छ । कंग्रेसलाई सधै सत्तारुढ दलकै रुपमा विकास गरिएको थियो । तर अहिले उ अत्यन्त संकटको सामना गरिरहेको छ,आजको कान्तिपुर दैनिकमा खबर छ । 




npnagariknews.com

NPnagariknews.com is your one-stop site news, All Over The World, entertainment,features,and more Things - World people liviing in different parts of the world.