बन्धक बनाएर किशोरीमाथि रातभर सामूहिक बलात्कार
![](http://2.bp.blogspot.com/-Ymnw-e14YxY/UYBYm6kpXvI/AAAAAAAABv0/qc63h3dq7lk/s1600/adbar.png%22)
हात्तीखर्ककी १६ वर्षीया किशोरीलाई धनकुटा–७ को एक घरमा बन्धक बनाएर सामूहिक बलात्कार गरिएको छ । पीडितका आफन्तले बलात्कार गर्ने दुई पुरुष र बन्धक बनाउन सघाउने एक महिलाविरुद्द जाहेरी दिएपछि प्रहरीले मुद्दा दर्ता गरेको समाचार आजको नयाँ पत्रिकाले छापेको छ । घटना ६ कात्तिकमा भएको भए पनि प्रहरीले अनुसन्धानपछि गत शुक्रबार अदालतमा मुद्दा दर्ता गर्ने क्रममा सार्वजनिक गरेको हो । बलात्कार गर्ने दुईजनाको पहिचान भए पनि बन्धक बनाउन सघाउने महिलाको पहिचान हुन नसकेको बताइएको छ । तीनैजना फरार छन् । हिलेबाट माइक्रोबस चढेर इटहरी जान हिँडेकी किशोरीलाई ती महिलाले फकाएर धनकुटामा नै उतारेकी थिइन् । धनकुटाको परिचय मोडमा उतारेर उनलाई बन्धक बनाइएको थियो । हिलेबाट सँगै माइक्रो चढेकी एक महिलाले किशोरीसँग परिचय गरी आफू पनि इटहरी जाने बताएकी थिइन् । उनले आफूले किशोरीको बाबुआमालाई चिन्ने बताउँदै धनकुटा झरेर आफ्नो कोठाबाट सामान लिएर सँगै जान अनुरोध गरेकी थिइन् । माइक्रोबसबाट ओर्लिएपछि उनलाई परिचयमोडनजिकै रमाइलो घुम्तीको एक घरमा लगेर ‘एक छिनमा म आउँछु’ भन्दै ती महिला हिँडेकी थिइन् । त्यसपछि केहीबेरमा आएका दुई युवाले उनीमाथि बलात्कार गरेका थिए ।
![](http://2.bp.blogspot.com/-Ymnw-e14YxY/UYBYm6kpXvI/AAAAAAAABv0/qc63h3dq7lk/s1600/adbar.png%22)