राप्रपा नेपालका कार्यकता र प्रहरीबीच झडप
![](http://2.bp.blogspot.com/-Ymnw-e14YxY/UYBYm6kpXvI/AAAAAAAABv0/qc63h3dq7lk/s1600/adbar.png%22)
तेज बन विश्वासी सुनसरी , कात्तिक १४ – काठमाण्डौको रत्नपार्कमा हिन्दुराज्यको माग गर्दे अनसन बसेका धर्मगुरुहरुलाई प्रहरीले दमन गरेको बिरोधमा सुनसरीको इटहरी स्थित राप्रपा नेपालका कार्यकताहरुले निकालेको बिरोध कार्यक्रममा प्रहरी र कार्यकर्ताबिच झडप भएको छ । सिङ्गो राष्ट्रलाई हिन्दुराज्यको माग सहित नारावाजी गर्दे गृहमन्त्री वामदेव गोतमको पूत्ला दहन गर्ने क्रममा राप्रपा कार्यकता र प्रहरी बिच झडप भएको हो । झडपको क्रममा केही प्रहरी सहित आधा दर्जन राप्रपा कार्यकताहरु घाइते भएका छन । झडपमा परी ाप्रपा नेपालका सभाषद रामकुमार शुब्बाका छोरा सोसो सुब्बाको टाउको फुटेको छ भने केहीको हात तथा सरीरको बिभिन्न भागहरुमा चोट देखीएको छ । राप्रपा कार्यकर्ताहरुले इटहरीको बिराटनगर रोडमा गृहमन्त्री बिरुद्ध नारावाजी गर्दे सडकमा उत्रन थालेपछि बाक्लो रुपमा प्रहरी तेनाथ गरीएको थियो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । झडपका क्रममा केह िप्रहरीहरु पनि घाइते बनेका इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । धर्मगुरुहरु पक्राउ गरेको विषयमा गृहमन्त्री वामदेव गौतमले सदनमा दिएको अभिब्याक्ति चित्त नबुझेको भन्दै राप्रपा कार्यकर्ताहरुले इटहरीमा शुक्रवार साझ गृहमन्त्रीको पुत्ला दहन तथा बिरोध कार्यक्रममा प्रहरी संग झडप भएपछि इटहरी केही क्षण तनाव ग्रस्त बनेको थियो । स्थिती साम्य पार्नका लागी इलाका प्रहरी कार्यालय इटहरीले राप्रपा नेपालका एक दर्जन बढी कार्यकर्ताहरलाई नियन्त्रणमा लिएको छ ।
![](http://2.bp.blogspot.com/-Ymnw-e14YxY/UYBYm6kpXvI/AAAAAAAABv0/qc63h3dq7lk/s1600/adbar.png%22)