टर्कीको सडक दुर्घटनामा १५ को मृत्यु
![](http://2.bp.blogspot.com/-Ymnw-e14YxY/UYBYm6kpXvI/AAAAAAAABv0/qc63h3dq7lk/s1600/adbar.png%22)
आङ्कारा, कात्तिक १४ – दक्षिण–पश्चिम टर्कीमा शुक्रबार भएको एक सडक दुर्घटनामा कम्तीमा १५ व्यक्तिको मृत्यु भएको समाचार छ । सो दुर्घटनामा अन्य २८ जना घाइते भएका एक निजी समाचार समिति डोगानले जनाइएको छ । डोगानकाअनुसार एक स्याउको बगैँचामा काम गर्ने ४३ कामदार बोकेर गइरहेको सो मिनीबस इजटार्टा प्रान्तको याल्भाक सहरकोे बाल्कोनाक गाउँमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २८ व्यक्ति घाइते भएका छन् । यस दुर्घटनाको कारण अनुसन्धानरत रहेका जनाइएको छ । गत शनिबार पनि एक यात्रु्बाहक बस करामिक गाउँनजिकै १५ मिटर गहिराईमा खस्दाँ सुलेमान डेमिएल विश्व विद्यालयका कम्तीमा आठ विद्यार्थीको मृत्यु हुनुको साथै अन्य १९ जना घाइते भएका थिए ।
![](http://2.bp.blogspot.com/-Ymnw-e14YxY/UYBYm6kpXvI/AAAAAAAABv0/qc63h3dq7lk/s1600/adbar.png%22)