सलमानको बहिनीको बिहेमा मोदीलाई निम्तो
![](http://2.bp.blogspot.com/-Ymnw-e14YxY/UYBYm6kpXvI/AAAAAAAABv0/qc63h3dq7lk/s1600/adbar.png%22)
मुम्बाई, कार्तिक १५ – बलिवुडका दबङ सलमान खानले आफ्नो बहिनीको विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा दिने भएका छन् । विवाहको निम्तो निम्तो दिन सलमान आफै मोदी भेट्न जाने भारतीय सञ्चार माध्यमले जनाएको छ । मोदी यस अघि धमेन्द्र र हेमा मालिनीका कान्छी छोरी अहानाको विवाहमा सामेल भएका थिए । तर, त्यति बेला उनी प्रधानमन्त्री भने थिएनन् ।सलमानका बहिनी अर्पिता खानको विवाह यही नोभेम्बर महिनाको १८ तारिखका दिन तय भएको छ । हैदराबादको एक दरवारमा अरपिता र आयुसको विवाह हुने बताइएको छ । त्यही दिन सलमानका बुवा सलिम र आमा सल्माको विवाहको ५० वर्ष पूरा हुने भएकाले उक्त दिनलाई निकै धुमधाम साथ मनाउने तयारी गरिएको छ । विवाहमा वलिवुडका चर्चित अनुहारहरु पनि देखिनेछन् ।
![](http://2.bp.blogspot.com/-Ymnw-e14YxY/UYBYm6kpXvI/AAAAAAAABv0/qc63h3dq7lk/s1600/adbar.png%22)